Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल : मुम्बईद्वारा चेन्नाई पराजित

    आईपीएल : मुम्बईद्वारा चेन्नाई पराजित

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 3.6K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

    आईपीएलमा मुम्बईले आफ्नो उच्च स्कोर पछ्याउने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आईपीएलमा कुनै पनि टिमले बनाएको यो दोस्रो ठूलो लक्ष्य हो । गत सिजन राजस्थान रोयल्सले पञ्जाब किंग्सले दिएको २२३ रनको लक्ष्य पेश गरेको थियो ।



    काएरन पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा अविजित ८७ रन बनाएपछि मुम्बई विजयी भएको हो । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले चेन्नाईका लुंगी एनगिदीलाई एक छक्का र दुई चौका सहित १६ रन बनाए ।



    मुम्बईका लागि क्विन्टन डे ककले ३८, कप्तान रोहित शर्माले ३५ र क्रुनल पाण्ड्याले ३२ रन योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ७ बल खेल्दै २ छक्का मद्दतमा १६ रन जोडे ।

    चेन्नाईका साम करनले सर्वाधिक ३ विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अद्यीले समान १ विकेट लिए ।

    त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले फाप डु प्लेसिस, मोइन अली र अम्बाटे राएडुको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

    राएडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २७ बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै मोइन अलीले ३६ बलमा ५८ र डु प्लेसिसले २८ बलमा ५० रन बनाए ।

    मुम्बईका काएरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १ विकेट लिए ।

    जितपछि मुम्बईले ७ खेलबाट ८ अंक जोडेको छ र अंक तालिकामा चौथो स्थानमै यथावत छ । चेन्नाई ७ खेलबाट १० अंकसहित शीर्ष स्थानमै यथावत रहे पनि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको अग्रता बनाउने अवसर गुमायो । तीन टिमको समान १० अंक भएपनि चेन्नाई रनरेटमा अगाडि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार