Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तनहुँमा बिहेको भोज खाँदा ३५ बिरामी

    तनहुँमा बिहेको भोज खाँदा ३५ बिरामी

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 2.8K
    SHARES

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाँदा ३५ जना बिरामी परेका छन्।

    स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका उनीहरु बिरामी परेका हुन्।



    बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।



    शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले बताए।

    चार जना गम्भीर रहेको र उनीहरुको स्लाइन चढाएर उपचार भइरहेको छ । बिरामी भएर गम्भीर भएका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार