Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनबाट २० हजार खाली सिलिण्डर आउँदै

    चीनबाट २० हजार खाली सिलिण्डर आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए ।

    प्रवक्ता गौतमले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, गौतमले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्याउन कठिन भएको हो । मन्त्रालयले प्राणवायु ९अक्सिजन०को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।



    मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात ९होल्ड० नराख्न अनुरोध समेत गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार