Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा एकैदिन कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

    काठमाडौं उपत्यकामा एकैदिन कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौँमा ३०८३, भक्तपुरमा ३७४  ललितपुरमा  ६४३ रहेका छन् ।



    यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ०२३  जनामा र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।



    यस्तै आज कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेहरुको संख्या ५० रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार