Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युवा पत्रकार दिनेश दाहालको निधनप्रति फ्रिडम फोरमद्वारा गहिरो दु:ख व्यक्त

    युवा पत्रकार दिनेश दाहालको निधनप्रति फ्रिडम फोरमद्वारा गहिरो दु:ख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 3.5K
    SHARES

    काठमाडौं। कोरोना संक्रमणका कारण युवा पत्रकार दिनेश दाहालको निधन भएकोप्रति फ्रिडम फोरमले गहिरो दु:ख व्यक्त गरेको छ।

    फ्रिडम फोरमले निकालेको शोक वक्तव्यमा भनिएको छ, ‘फ्रिडम फोरमका कार्यक्रम अधिकृत एवं मिडिया अनुगमनकर्ता नानु खड्काका पति पत्रकार दिनेश दाहालको  दु:खद निधन भएकोमा हामी स्तब्ध भएका छौ। स्वर्गीय दाहालको आत्मालाई चीरशान्ति मिलोस र उहाँमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ।’



    विगत दुई दशक देखि नेपाली पत्रकारितामा सकृय रही खोजी एवं परोपकारी पत्रकारितामा विशिष्ठ योगदान गरेका पत्रकार दाहाल कोभिड -१९ को संक्रमणबाट अस्वस्थ भै सुमेरु अस्पताल धापाखेल ललितपुरमा उपचारत थिए ।



    कोभिड निको भएपनि गम्भिर निमोनियाका कारण दाहालको फोक्सोले काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको थियो।

    फ्रिडम फोरमले सहकर्मी नानु तथा शोकसन्तप्त परीवारजनमा धैर्यघारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गरेको छ ।
    पत्रकार दाहालका श्रीमती नानु सहित एक छोरा र एक छोरी छन् ।

    जनप्रहार साप्ताहिकको संस्थापक सम्पादक रहेका दाहाल पछिल्लो समयमा सिपोष्ट डटकमका सम्पादक थिए ।

    दाहालको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले पनि विज्ञप्ति जारी गर्दै दाहालको निधनले पत्रकारिता क्षेत्रले एक उदियमान पत्रकार गुमाउनु परेको भन्दै गहिरो समबेदना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार