Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सांसद महेश बस्नेतको आक्रोश : महन्थ ठाकुरलाई समर्थन गर्ने सांसदलाई कहाँ लुकाइयो ?

    सांसद महेश बस्नेतको आक्रोश : महन्थ ठाकुरलाई समर्थन गर्ने सांसदलाई कहाँ लुकाइयो ?

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं सांसद महेश बस्नेतले प्रमुख राजनीतिक दल र तीनका नेताहरुमाथि कटाक्ष र आलोचना गरेका छन्।

    नेता बस्नेतले आज बिहान विभिन्न बिषयमा सामाजिक सञ्जालमार्फत विभिन्न ५ बुँदामा विभिन्न नेताहरूमाथि कटाक्ष र आलोचना गरेका हुन्।



    उनले फेसबुकमा लेखेका छन् :



    सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन खोज्दा २ वटा प्रश्न उठाइयो। एउटा, आफ्नो पार्टीको विभाजन गर्न र दोर्सो अर्काको पार्टी फोर्न । सांसदहरुलाई अनुचित प्रभावमा पार्न प्रधानमन्त्रीले प्रयास गर्नुभयो। अझ भन्नुपर्दा मन्त्री खान कुर्ता सुरुवाल लगाएर घरमा श्रीमतीसँग बिदा भएर टीका लगाएर आएका डा. सुरेन्द्र यादवलाई अपहरण गरियो भनियो।

    वर्तमान सरकारले विश्वासको मत लिने र संविधानको धारा ७६(२) को सरकार बनाउने प्रक्रिया अगाडि बढ्दा यी प्रश्न उठाउने मित्रहरुलाई नैतिकताको गम्भीर प्रश्न उठेको छ। यसको जवाफ निर्ममताका साथ दिनै पर्दछ।

    १) राजनीति विचार, आस्था र विश्वासको कुरा हो। कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो। तसर्थ यसलाई प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने माधव नेपाल आफ्ना सांसदहरुलाई राजीनामा दिने तहमा पुग्नुभयो। प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरुको यो हालत हुने थिएन कि!

    २) आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादबलाई प्रधानमन्त्री केपी ओली नहटाइ भएको छैन। रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाई सत्ताको नेतृत्व नलिइ भएको छैन। तसर्थ अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउवा, प्रचण्ड, रामचन्द्रहरु रातारात जनता समाजबादी पार्टी फोर्न किन लागेका छन? राती अबेरसम्म किन माधब नेपाल र भीम रावल भेटिरहेका छन्।

    ३) आज बाबुराम र उपेन्द्र यादवहरुले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीन जना साँसदहरुलाई कहाँ लुकाएर राख्नु भएको छ?

    के तिनीहरु अपहरणमा परेका होइनन्? लुम्बिनी प्रदेशका सांसदहरूलाई घरी एउटा निर्णय, घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कसको सेवा गरिरहनु भएको छ?

    बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ?

    ४) कांग्रेस सभापति शेरबहादुर देउबालाई ०५२ सालमा सांसद किनबेचदेखि अनेक बिकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिद बिक्री प्रक्रिया र पद (मन्त्री) बाँड्ने काम सुरु भएको छ। त्यो कुकर्मतिर लाग्दा काँग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा सथीहरुको सिलिब्रिटी बन्ने नाटकीय प्रवृत्ति नङ्गिदैन र ?

    ५) प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ– म सत्ता टिकाउन कुनै हर्कत गर्दिन। मबिरुद्ध बहुमत पुग्दा विपक्षमा बस्न तयार छु। मेरो पक्षमा बहुमत पुगे सुख, समृद्धि र कोबिडविरुद्धको अभियानमा लाग्नेछु, कतै पनि बहुमत नपुगे छिटो निर्वाचनमा जाँऊ। अबको परिस्थितिलाई सहज ढङ्गले टुंग्याऊँ अनि कोबिडबिरुद्ध अभियानमा सबै राजनैतिक दलहरु लागौं। यो नै आजको आवश्यकता होइन र?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार