Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनको आरोप – मुस्लिमहरुले प्यालेस्टाइनको पक्ष लिँदा अमेरिका इजरायलका लागि ‘ढाल’ बन्यो

    चीनको आरोप – मुस्लिमहरुले प्यालेस्टाइनको पक्ष लिँदा अमेरिका इजरायलका लागि ‘ढाल’ बन्यो

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 8.8K
    SHARES

    एजेन्सी। इजरायल र प्यालेस्टाइनबीचको हिंसात्मक द्वन्द्वमा चीनले अमेरिकाको खिल्ली उडाएको भारतीय मिडियाले आरोप लगाएको छ।

    आजतकका अनुसार चीनले अमेरिकालाई मुस्लिमहरुको  दु: ख बेवास्ता गरेको आरोप लगाएको छ।



    चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) को निर्धारित बैठकमा अमेरिकाले बाधा पुर्‍याएको वताएको छ ।   जुन इजरायली र प्यालेस्टाइनबीचको हिंसात्मक द्वन्द्वको बारेमा छलफल गर्ने उद्देश्य राखिएको थियो।



    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुयिङले  संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भएको छलफलमा अमेरिकाले एउटा अड्चन सिर्जना गरेको आरोप लगाए ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राष्ट्रसंघमा इजरायलको लागि कूटनीतिक कवचको रूपमा देखा परेको र संयुक्त राज्य अमेरिकाको कारण शुक्रवार, मे १४ तारिखमा हुने उक्त बैठकलाई स्थगित गरिएको बताएका छन।

    एक समाचार एजेन्सीका अनुसार, चीनले सुरक्षा परिषद्मा प्यालेस्टाइनको मुद्दा उठाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुयिङले पत्रकारहरुलाई  अमेरिकाले सुरक्षा परिषद्लाई संकटमा बोल्नबाट रोकेको  र यो अन्तर्राष्ट्रिय समुदायको माग विपरीत रहेको वताएका थिए ।

    हुआ चुयिङले भने, ‘हामीलाई के लाग्छ अमेरिकाले मित्रवत छ र मुस्लिमको मानवअधिकारको ख्याल राख्दछ तर प्यालेस्तिनी जनताको पीडालाई वेवास्ता गरेको छ।’
    चिनियाँ प्रवक्ताले थप भने, ‘अमेरिका, बेलायत र जर्मनीले प्रायः मुसलमानहरुलाई सुरक्षा परिषदमा चीनको घेरा हाल्ने बारेमा प्रश्न उठाउँछन् । तर, जब प्यालेस्टाइन मुसलमानहरुको पक्षमा जान्छ, अमेरिका इजरायलका लागि ढाल बन्छ।

    हुआ चुयिङले प्यालेस्टाइन मुसलमानहरुको जीवन पनि त्यति नै महत्वपूर्ण छ भनेर अमेरिकाले महसुस गर्नु पर्ने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार