Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • उपमेयर चौधरीको शोकमा भोलि सप्तरीका स्थानीय तह बन्द

    उपमेयर चौधरीको शोकमा भोलि सप्तरीका स्थानीय तह बन्द

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    सप्तरी । कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका १८ वटै स्थानीय तह भोलि (बुधबार) बन्द गरिने भएको छ ।

    उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्ला भरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।



    पालिका प्रमुखहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।



    कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार