Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चुनाव अगाडि सबैलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

    चुनाव अगाडि सबैलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबै नागरिकलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए ।



    प्रधानमन्त्री ओलीका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ ।



    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छिन् ।

    नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएको सरकारको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार