Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सीसीएमसीको कार्यकारी अधिकृतमा पूर्वरथी शर्मा

    सीसीएमसीको कार्यकारी अधिकृतमा पूर्वरथी शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ ।

    मन्त्रिपरिषद्को बैठकले शर्मालाई सो पदमा नियुक्त गरेको हो । उनलाई सरकारले सचिव सरहको सेवा सुविधा उपलब्ध गराउने छ।



    उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीले काम गर्न नसकेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अध्यक्षतामा निर्देशक समिति बनाएका थिए ।



    यसको लागि सरकारले अध्यादेश जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार