Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सामाजिक अभियन्ता भन्दै फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गर्न खोज्ने शाह पक्राउ

    सामाजिक अभियन्ता भन्दै फेसबुकमार्फत् स्वास्थ्यकर्मीको चरित्रहत्या गर्न खोज्ने शाह पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारकर्मी तथा सामाजिक अभियन्ता भन्दै स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विरगंज महानगरपालिका १० बस्ने २४ बर्षीय सौरभ शाह रहेका छन्।



    पक्राउ परेका शाहले आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भन्दै वाई यो वि नामको फेसबुक पेजमार्फत् बीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आपत्तिजनक शब्दहरूको प्रयोग गर्ने गरेको पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार शाहलाई पीडित पक्षको उजुरीको आधारमा पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा मुद्दा दर्ता गराइएको छ।

    साथै, उनीमाथि अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार