Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानलाई चीनको सहयोग, उत्पादन गर्‍यो कोरोनाविरुद्धको ‘पाकभ्याक’ खोप

    पाकिस्तानलाई चीनको सहयोग, उत्पादन गर्‍यो कोरोनाविरुद्धको ‘पाकभ्याक’ खोप

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । चीन सरकारको सहयोगमा पाकिस्तानले स्थानीय रूपमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ ।

    पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार यो खोप एउटै डोजमा आधारित रहेको छ।



    चीनले उपलब्ध गराएको कच्चा पदार्थका आधारमा पाकिस्तानले खोप उत्पादन गरेको हो । चीनले उत्पादन गरेको एक डोजको खोप ‘कान्सिनो’लाई नै पाकिस्तानले स्थानीय रूपमा उत्पादन गरेको हो । कान्सिनाेलाई पाकिस्तानले ‘पाकभ्याक’ नाम दिएको सञ्चारमाध्यम डनले जनाएको छ।



    पाकिस्तानले मङ्गलवार करिब १ लाख २० हजार डोज खोप उत्पादनसँगै सार्वजनिक गरिएको थियो ।

    प्रति महिना झण्डै ३० लाख डोज खोप उत्पादन गर्न सक्ने क्षमता अनुसार पाकिस्तानले खोप उत्पादन थालेको छ भने, यी सबै खोप आफ्ना नागरिकहरूलाई लगाउने छ ।

    यद्यपि, यो खोपको प्रभावकारिता एवं परीक्षणबारेका कुनै पनि जानकारीहरू भने बाहिरिएका छैनन् ।

    पाकिस्तानले हालसम्म ७० लाख भन्दा बढी खोप लगाइसकेको छ भने, ९लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार