Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अन्तिम समयमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, आजै पोखरेलको नेतृत्वमा सरकार बन्ने संभावना टर्यो

    अन्तिम समयमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, आजै पोखरेलको नेतृत्वमा सरकार बन्ने संभावना टर्यो

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टा (३ बजेसम्म) को समय सकिनु केही अगाडि गुरुङले मुख्यमन्त्रीमा दावी गरेका हुन् । गुरुङले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको उल्लेख गरेका छन् ।

    गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी गरेका हुन् । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बताइएको छ ।



    जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा पनि यो विवाद सरेको छ । राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्वहाली गरेपछि प्रदेशसभा सचिवालय भ्याकेटमा गएको थियो । मुख्यमन्त्रीमा गुरुङको पनि दावी परेसँगै नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आजै सरकार बन्ने सम्भावना टरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार