Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकी प्रदेशमा नयाँ सरकार 

    दिपक मनाङेसहित हरिशरण आचार्य र मधु अधिकारी मन्त्री बन्ने पक्का

    दिपक मनाङेसहित हरिशरण आचार्य र मधु अधिकारी मन्त्री बन्ने पक्का

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 4.2K
    SHARES

    पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

    उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन महत्वपूर्ण भूमिका खेलेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि मन्त्री पद पक्का भएको छ । उनले गृह मन्त्रालयमा दावी गरेपनि त्यो भने नपाउने भएका छन् ।



    त्यसैगरी पोखरेलले माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी गुरुङ र जनता समाजवादी पार्टी (जसपा) बाट संसदीय दलका नेता हरिशरण आचार्यलाई मन्त्री बनाउने भएका हुन् ।



    मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको बताइएको छ । उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए ।

    माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हो । सहिद पत्नी समेत रहेकी उनले सभामुखमा पनि दाबी गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार