Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मनसुनी प्रणाली देशैभर फैलियो

    मनसुनी प्रणाली देशैभर फैलियो

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मनसुनी प्रणाली देशैभर फैलिएको छ । गत शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका सबैजसो ठाउँमा बादल लागेको छ।



    केही ठाउँमा पानी पनि परिरहेको छ । आज दिउँसो पनि देशका सबैजसो ठाउँमा बादल लाग्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    बाँकी ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना छ । आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार