Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेटोद्वारा चीनलाई चेतावनी

    नेटोद्वारा चीनलाई चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 3K
    SHARES

    एजेन्सी । आफ्ना गतिविधिमार्फत सैन्य चुनौति दिएको भन्दै नेटोले चिनलाई चेतावनी दिएको छ । ब्रसेल्समा नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई चुनौतिका रुपमा लिएका छन् ।

    चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरुले बताएका छन् । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप नेटोले लगाएको छ ।



    नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको उसले जनाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।



    कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार