Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विप्लवनिकट १२ संगठनद्वारा सडक निर्माण कार्य रोक्न भारतीय राजदूतलाई पत्र

    विप्लवनिकट १२ संगठनद्वारा सडक निर्माण कार्य रोक्न भारतीय राजदूतलाई पत्र

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वनिकट विभिन्न १२ वटा जनवर्गीय संगठनले भारतले नेपाली भूमि प्रयोग गरेर सडक निर्माण कार्य रोक्न भारतीय राजदूतलाई पत्र लेखेका छन् ।

    उनीहरुले त्रिदेशीय बिन्दुभन्दा वर नेपाली भूूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर पुग्ने सडक निर्माण रोक्न माग गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई इमेलमार्फत पत्र पठाएका हुन् ।



    मंगलबार उनीहरुले संयुक्त रुपमा पठाएको पत्रमा उक्त निर्माण कार्य तत्काल रोक्न चेतावनी दिदै भारतले सडक निर्माण गरिरहेकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण जनाएका छन् ।



    उनीहरुले कूटनीतिक रूपमा आपसी समझदारीमार्फत दुई देशबीचको सीमा समस्या समाधान गर्न सकिने बताउदै नेपालको राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग पनि पत्रमा गरिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार