Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री नेपालीले शुक्रबार विश्वासको मत लिने

    गण्डकीका मुख्यमन्त्री नेपालीले शुक्रबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.3K
    SHARES

    कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री नेपालीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।



    गत शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।



    ५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो ।

    सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार