Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाग्मती प्रदेश सभाको बैठक आज बस्दै

    बाग्मती प्रदेश सभाको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.4K
    SHARES

    हेटौंडा । बाग्मती प्रदेश सभाको बैठक आज बस्न लागेको छ।

    आइतबार दिउसो ३ बजे बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो। अब आज दिउसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।



    बजेटमा विपक्षी दलहरूले विरोध गर्दै आएका छन्। योजना वितरणमा पक्षपात भएको उनीहरूको आरोप छ।



    यसमा सहमति गर्न आइतबार सर्वपक्षीय बैठक बसेको थियो। बैठकमा बजेटमा छलफल गर्ने विषयमा सहमति बनेको जनाइएको छ।

    सभामुख सानुकुमार श्रेष्ठले बोलाएको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार