Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रदेश–१ को प्रदेशसभा बैठक शुक्रबार

    प्रदेश–१ को प्रदेशसभा बैठक शुक्रबार

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 651
    SHARES

    विराटनगर । प्रदेश–१ को प्रदेश सभाको बैठक भदौ १७ गते (शुक्रबार) बस्ने भएको छ ।

    प्रदेश सभा सचिवालयले जनाएअनुसार शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको प्रदेशसभामका सचिव गोपाल प्रसाद पराजुलीले बताए ।



    सभामुख प्रदीपकुमार भण्डारीले गत साउन २२ गते अनिश्चित समयसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेश–१ को २५ औँ बैठकको सम्भावित कार्यसूचीको विषयमा भने प्रदेशसभाले जानकारी दिएको छैन ।‌ प्रदेश–१ ले अहिलेसम्म नाम राख्न सकेको छैन ।



    प्रदेशसभामा नाम प्रस्ताव गरेर लैजाने विषयमा दलहरुबीच सहमति नहुन्जेल अघि बढाउन नसकिने सभामुख भण्डारीले बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार