Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सन्दीप लामिछाने बेलायत उडे

    सन्दीप लामिछाने बेलायत उडे

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने बेलायत उडेका छन्।

    उनी गएराति टर्किस एयरबाट बेलायत प्रस्थान गरेका हुन् । त्यहाँ लामिछानेले १० दिन क्वरेण्टीनमा बस्नुपर्ने छ।



    उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि मात्र टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा लामिछानेले ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।



    यो प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए । बेलायतबाट लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जानेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार