Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मन्त्री बनाइदिन भन्दै बूढानीलकण्ठमा ओली समूहका नेताको हारगुहार

    मन्त्री बनाइदिन भन्दै बूढानीलकण्ठमा ओली समूहका नेताको हारगुहार

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2K
    SHARES

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ ।

    देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेको बूढानीलकण्ठ स्रोतले दाबी गरेको छ।



    बूढानीलकण्ठ स्रोतका अनुसार देउवालाई भेटेका ती एमाले सांसदले भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’



    ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’

    प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार