Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि भौतिक उपस्थितिमै हुने

    कक्षा १२ को परीक्षा साउन ३१ देखि भौतिक उपस्थितिमै हुने

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ।

    मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिए।



    यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिक्षा सञ्चालनबारे सर्तसहित अनुमति दिएको थियो । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।



    गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार