Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस

    जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।



    आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार