Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • खुमलटारमा गोपालमान, प्रचण्डसँग आधा घण्टा भेटवार्ता

    खुमलटारमा गोपालमान, प्रचण्डसँग आधा घण्टा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    आज बिहान प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खुमलटार पुगेका श्रेष्ठ र प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन संगठन विभागका प्रमुख समेत रहेका श्रेष्ठ खुमलटार पुगेका थिए ।



    उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको हो ।

    यसअघि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । लामो समयदेखि सीता बिरामी रहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार