Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना अपडेट

    थप २४ जनाको मृत्यु, मृतकको संख्या ९,६६१ पुग्यो

    थप २४ जनाको मृत्यु, मृतकको संख्या ९,६६१ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार २८८ जना निको भएर घर फर्केका  छन् । थपिनेको संख्या निको हुनेको भन्दा झन्डै दुई तिहाईले बढी हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ जनाको परीक्षण गर्दा ८५९ गरी २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो २,८३८ जनामा संक्रमण पुष्टि हुँदा १,४७५ जना डिस्चार्ज भएका थिए भने ३० जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार