Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देशभर बदली, केही ठाउँमा अत्यधिक वर्षा हुने

    देशभर बदली, केही ठाउँमा अत्यधिक वर्षा हुने

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सामान्य प्रभावका कारण अहिले सामान्य बदलीको अवस्था छ।
    प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।



    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
    प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।



    राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार