Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शिल्पा शेट्टीका पति कुन्द्रालाई थप १४ दिन हिरासतमा राख्न अदालतको आदेश

    शिल्पा शेट्टीका पति कुन्द्रालाई थप १४ दिन हिरासतमा राख्न अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। ‘अश्लिल’ फिल्म बनाएर एपमार्फत् रिलिज गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

    गत जुलाई २२मा पक्राउ परेका कुन्द्रा यसअघि प्रहरी हिरासतमा थिए । मुम्बई प्रहरीका अनुसार व्यवसायी कुन्द्रासँगै पक्राउ परेका रायन थार्पलाई पनि अदालतले १४ दिन न्यायिक हिरासतमा पठाइएको छ।



    मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा फेब्रुअरी २०२१ मा कुन्द्राविरुद्ध अभियोग दर्ता गरेको थियो। प्रहरीका अनुसार यस प्रकरणमा कुन्द्रा सहभागी हुने पर्याप्त प्रमाण फेला परेको छ।



    प्रहरीका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको थियो । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको र फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको अनुसन्धानमा खुलेको प्रहिको भनाइ छ ।

    प्रहरीले यो घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार