Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिक : शीर्षस्थानमा चीनको अग्रता कायमै, कुन देशले कति स्वर्ण जित्यो ?

    टोकियो ओलम्पिक : शीर्षस्थानमा चीनको अग्रता कायमै, कुन देशले कति स्वर्ण जित्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । जापानको टोकियोमा जारी ओलम्पिकको पदक तालिकाको शीर्षस्थानमा चीन रहेको छ। चीनले १२ औं दिनको खेलहरु सकिँदा शीर्षस्थानलाई निरन्तरता दिएको हो।

    चीनले बुधबारसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य गरी कुल ७० पदक जितेको छ। अमेरिका २५ स्वर्ण, ३१ रजत र २३ कास्यगरी कुल ७९ पदक जित्दै चीनलाई पछ्याइरहेको छ। आयोजक जापान २१, स्वर्ण ७ रजत र १२ कास्यगरी कुल ४० पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ।



    इंग्ल्यान्ड १५ स्वर्ण, १८ रजत र १५ कास्यगरी कुल ४८ पदक जितेर शीर्ष चारमा उक्लिएको छ। १५ स्वर्ण, ४ रजत र १७ कास्यगरी कुल ३६ पदक जितेर पाचौ स्थानमा रहेको छ। रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १४ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५३ पदक जित्दै छैटौं स्थानमा रहेको छ।



    जर्मनी ८ स्वर्ण, ८ रजत र १६ कास्यगरी ३२ पदकसहित सातौं स्थानमा रहँदा फ्रान्स ६ स्वर्ण, १० रजत र ९ कास्यसहित २५ पदक जितेर आठौं स्थानमा रहेको छ। ६ स्वर्ण, ९ रजत र १५ कास्यगरी ३० पदक जित्दै नवौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ६ स्वर्ण, ८ रजत र ९ कास्यगरी २३ पदक जित्दै शीर्ष १० भित्र अटाएका छन्।

    दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदक जितेको छ। न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ। क्युवाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक जितेको छ। हंगेरीले ४ स्वर्ण, ५ रजत र ३ कास्यगरी १२ दिक जितेको छ।

    क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ कास्य गरी १५ पदक जितेको छ। ब्राजिलले ४ स्वर्ण, ३ रजत र ८ कास्यगरी १५ पदक हात पार्दा चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १७ मा अटाएका छन्। स्वीट्जरल्यान्ड, पोल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन्।

    स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, नर्वे, जमैका, इरान, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन्।

    स्पेन, रोमानिया, भेनेजुएला, युक्रेन, केन्या, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, सर्विया,अष्ट्रिया, इन्डोनेसिया, बेल्जियम इथियोपिया, युगान्डा, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६० राष्ट्रले स्वर्ण जित्दा ८५ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार