Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • डिआइजी आचार्य मुछिएको इन्स्पेक्टर मृत्यु प्रकरण छानबिन गर्न गृहद्वारा समिति गठन

    डिआइजी आचार्य मुछिएको इन्स्पेक्टर मृत्यु प्रकरण छानबिन गर्न गृहद्वारा समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरणको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। गृहद्वारा गठित छानबिन समितिको नेतृत्व सहसचिव सुनिल खनालले गर्नेछन्।

    समितिको सदस्यमा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ छन्। गृहले निलम्बन गरेको भोलीपल्टै गत २५ साउनमा मोटरसाइकल दुर्घटनामा परी इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो।



    मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो। सो घटनामा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआजी मुकुन्द आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ। जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो।



    बिहीबार संसदमा बोल्दै कांग्रेस नेता देवेन्द्रराज कँडेलले डिआइजी आचार्यका कारण इन्सपेक्टरको मृत्यु भएको भन्दै छानबिनको माग गरेका थिए। कांग्रेस नेता देवेन्द्रराज कँडेलले डिआइजी आचार्यका कारण इन्सपेक्टरको मृत्यु भएको भन्दै छानबिनको माग गरेका थिए। मोटाइसाइकल दुर्घटनामा ज्यान गुमाएका वाग्लेलाई प्रहरी संगठनभित्रैबाट मानसिक तनाव दिइएको सोही घटनाका कारण उक्त दुर्घटना निम्तिएको भन्दै कँडेललाई डिआइजी आचार्यलाई तत्काल बर्खास्त गर्न पनि माग गरेका थिए।

    घटनाबारे जानकारी पाएसँगै गृहमन्त्री खाँणले बिहीबार नै समिति गठनको तयारी गरेको बालुवाटार स्रोतले जानकारी गराएको थियो। गृहमन्त्री खाँणले यस्ता प्रकरण प्रहरी प्रशासनको उच्च ओहदामा रहेका व्यक्तिहरुको संलग्नता रहेको आरोप लाग्नु सामान्य विषय नभएको भन्दै समिति बनाउने तयारी थालेका थिए।

    लुम्बिनी प्रदेश प्रमुख आचार्यमाथि इन्स्पेक्टर मृत्यु प्रकरणसँगै, आर्थिक लेनदेन, तस्करीलगायतका आरोपहरु पनि लागेको छ। छानबिन समितिले यी सबै विषयमा अध्ययन तथा अनुसन्धान गरी गृहलाई प्रतिवेदन बुझाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार