Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मुख्यमन्त्री शेरधन राईको सत्तासंकट : यस्तो छ प्रदेश १ को सांसद संख्या र समिकरण

    मुख्यमन्त्री शेरधन राईको सत्तासंकट : यस्तो छ प्रदेश १ को सांसद संख्या र समिकरण

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं – माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको गठन प्रक्रिया अघि बढाएसँगै नेकपा एमाले फुट्यो। एमाले फुटको असर प्रदेश १ को सरकारमा पनि पर्ने भएको छ।

    मुख्यमन्त्री शेरधन राईको नेतृत्वको सरकार हाल एमालेको एकल बहुमतको दममा टिकिरहेको छ। तर, पार्टी फुटिसकेको अवस्थामा त्यहाँ माधव समूहले मुख्यमन्त्री राईको साथ छाड्ने भएका छन्।



    एमाले फुट्ने संकेत देखिएसँगै प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको विपक्षी गठबन्धनको आरोप छ। एकीकृत समाजवादी पार्टीले औपचारिक मान्यता पाउनेबित्तिकै सरकार परिवर्तन गर्ने गरी विपक्षी गठबन्धन लागिरहेको छ।



    प्रदेश १ का एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्नेछ। प्रदेशसभामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्कोतर्फ नेकपा एमाले छ।

    प्रदेशसभामा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एमालेका ५२ सांसदमध्ये १५ जना आफ्नो पक्षमा आउने नेकपा एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन्।

    मुख्यमन्त्री राईलगायतका नेताहरु सकेसम्म सांसदहरुलाई आफैंतिर तान्ने प्रयासमा जुटिरहेका छन्। एमालेका पाँचजनाभन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे राई नेतृत्वको सरकार ढल्नेछ। यसकारण प्रदेश १ को सरकार डगमगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार