Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्रोत नखुलेको ८५ लाख ९६ हजारसहित ३ जना पक्राउ

    स्रोत नखुलेको ८५ लाख ९६ हजारसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको ८५ लाख ९६ हजारसहित ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा वारा जिल्ला सिमरा उपनगरपालीका २ घर भई हाल काठमाडौँ चण्डोल वस्ने ३२ बर्षीय लक्ष्मण पौडेल, रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खड्का रहेका छन्।



    मंगलबार प्रहरी वृत जनसेवाको टोलीले खिचापोखरीस्थित शंकास्पद अवस्थामा लक्ष्मण पौडेलको साथबाट अवैध रकम ३१ लाख फेला पारेको थियो । प्रहरीले पौडेललाई पक्राउ गरेर  सोधपुछ गर्दा उनले उक्त रकम रिन्कुले दिएको भनि खुलाएपछि रिन्कु र खड्का पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये खड्का रिंकुको कार्यालयमा काम गर्ने कामदार हुन्।



    प्रहरीका अनुसार पौडेलको उक्त बयानपछि रिन्कुले संचालन गरेको कम्पनी होलिडे ट्रेडिङ प्रालीमा तलासी गर्दा उनको साथबाट ५४ लाख ५६ हजार फेला परेको र सोधपुछ
    गर्दा स्रोत खुलाउन सकेका थिएनन् ।

    पक्राउ परेका उनीहरु समानन्तर वैकिङ्ग कारोवार (हुण्डी) मा सँलग्न भएको आशंकामा थप अनुसन्धान भईरेहेको परिसरका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार