Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डेढ करोड हुण्डीको रकमसहित बाफलबाट भारतीय नागरिक पक्राउ

    डेढ करोड हुण्डीको रकमसहित बाफलबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले काठमाडौंको बाफलबाट करोडौंको हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत फर्मेन्जगन्ज घर भइ काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाल रहेका छन्।



    महाशाखाका अनुसार बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाललाई अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।



    अग्रवाललाई १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार