Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दरबारमार्गबाट ठूलो परिमाणको हुण्डीको रकम बरामद

    दरबारमार्गबाट ठूलो परिमाणको हुण्डीको रकम बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले दरबारमार्गस्थित एक पसलबाट ठूलो परिमाणकोको हुण्डीको रकम बरामद गरेको छ ।

    स्रोतका अनुसार परिसरबाट खटिएको टोलीले राजु थापाद्वारा सञ्चालिन विइङ ह्युमन नामक पसलबाट प्रहरीले हुण्डी गर्न लागिएको ६९ लाख रकम बरामद गरेको हो ।



    प्रहरीले पसलका म्यानेजरलाई समेत पक्राउ गरेको बुझिएको छ । यद्यपी परिसरले यसबारे जानकारी भने गराएको छैन ।



    यसबारे महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहसँग प्रतिक्रिया लिंदा केही बेरमा जानकारी गराउने बताए ।

    उनले भने–‘अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न मिल्दैन । केहीबेरमा जानकारी गराउँछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार