Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मदरसा शिक्षा विधेयकको विरोधमा मुख्यमन्त्री राउतको पुत्ला दहन

    मदरसा शिक्षा विधेयकको विरोधमा मुख्यमन्त्री राउतको पुत्ला दहन

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.5K
    SHARES

    रामनारायण यादव / सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध राष्ट्रिय एकता अभियानले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेको छ ।

    अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ ।



    अभियानले राजविराज स्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध र्यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध नारा लगाएका थिए ।



    उक्त विरोध कार्यक्रममा अभियानकी केन्द्रिय उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको आरोप समेत लगाईन् ।

    त्यस्तै अभियानका सप्तरी संयोजक शिवशंकर शास्त्री, दिपेश जोशि (देव) लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार