Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एयरपोर्टमा ब्रा देखाएर ट्रोल भएकी उर्फी जावेद भन्छिन्, ‘पब्लिसिटी चाहिएको भए नाङ्गै जान्थेँ’ (तस्वीरहरू)

    एयरपोर्टमा ब्रा देखाएर ट्रोल भएकी उर्फी जावेद भन्छिन्, ‘पब्लिसिटी चाहिएको भए नाङ्गै जान्थेँ’ (तस्वीरहरू)

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 4K
    SHARES

    एजेन्सी । बिस बोस ओटीटीकी अभिनेत्री उर्फी जावेदलाई जति चर्चा रियालिटी शोमा मिलेको थिएन त्योभन्दा बढी उनले आफ्नो एयरपोर्ट लुकबाट बटुलिन्।

    पछिल्लो दिनहरुमा जावेदको एयरपोर्ट लुक भाइरल भएको थियो। जसमा उनी आफ्नो ब्रा देखाइरहेकी थिइन्। जावेदको यस लुकको सामाजिक सञ्जालमा निकै ट्रोल भयो। उनले लगाएको जिन्सको ज्याकेट यति छोटो थियो कि उनको भित्री पहिरण ब्रा पूरै देखिएको थियो।





    जावेदको यस्तो लुक देखेपछि धेरैलाई यसले अचम्मित नै बनायो। कतिपयले उनलाई मजाकमा उडाएका थिए। अहिले उनले सबै हेटर्सलाई जवाफ दिएकी छिन्।

    टाइम्स अफ इण्डियासँग कुरा गर्दै उनले पब्लिसिटी चाहिएको भए त आफू एयरपोर्टमा कपडाबिनै जाने बताएकी छिन्। जावेदले मानिसहरुले आफ्नो बारेमा कुरा नगरेर आउटफिटको मात्र कुरा गरेकामा उनले असन्तुष्टि व्यक्त गरेकी छिन्।

    ‘मेरो कपडाभन्दा धेरै महत्त्वपूर्ण म नै हुँ। किन मानिसहरु मेरो बारेमा कुरा गर्दैनन्। मैले देखिरहेको छु, मैले जे पोष्ट गरेपनि मानिसहरु केही न केही भन्छन्। म बिकिनी लगाउँ वा कुर्ता सुरुवाल, मानिसहरु घटिया प्रतिक्रिया दिन्छन्,’ उनले भनिन्।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार