Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भित्रभित्रै उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो -वार्ताका लागि ढोका खुल्लै छ

    भित्रभित्रै उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो -वार्ताका लागि ढोका खुल्लै छ

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकाले वार्ताका लागि ढोका खुल्ला भएको बताएको छ।

    टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका अमेरिकी राष्ट्रपति जो वाइडेनका उत्तर कोरियाली दूतले उत्तरसँगको कुराकानीका लागि ढोका खुला रहेको बताए।। ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन,’सुंग किमले भने।



    तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेको बीबीसीले जनाएको छ।



    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका शासक किम जोङ् उनसँग दुई वर्ष पहिला कुराकानीको प्रयास गरेका थिए तर त्यसमा कुनै सफलता प्राप्त नभएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार