Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलात्कारका आरोपीलाई इन्काउन्टरमा मारिदिने मन्त्रीको धम्की

    बलात्कारका आरोपीलाई इन्काउन्टरमा मारिदिने मन्त्रीको धम्की

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। भारतको हैदरबादस्थित तेलंगना शहरमा भएको बलात्कार घटनाका आरोपितलाई त्यहाँका मन्त्रीले इन्काउन्टरमा गोली हानेर मारिदिने बताएका छन्।

    ९ सेप्टेम्बरमा ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या भएको थियो । त्यसपछि फरार रहेका आरोपीलाई पुलिसले खोजी गरिरहेको छ ।



    तेलंगना सरकारका श्रीम मन्त्री मल्ला रेड्डीले हैदराबादमा भएको यो घटनाबारे मिडियासँग कुरा गर्दै पीडितले छिटै न्याय पाउने बताए । मल्ला रेड्डीले भने ‘ हैदराबादकी बच्चीको हत्या गर्नेले कडा सजाय पाउनुपर्छ । हामी उसलाई गिरफ्तार गर्नेछौं त्यसपछि इन्काउन्टरमा मारिदिनेछौं ।’



    पुलिसले यस घटनामा दोषी भएको आरोपमा ३० वर्षका एक व्यक्तिको खोजी गरिरहेको छ । जसका लागि पुलिसले १५ जनाको छानबिन समिति बनाएको  ।

    हैदराबाद पुलिसले आरोपीको टाउकोको मूल्य १० लाख भारतीय रुपैयाँ (१६ लाख नेपाली रुपैयाँ) तोक्दै उनको बारेमा जानकारी दिनेलाई उक्त इनाम दिने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार