Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • १६ वर्षीया बालिकालाई बलात्कार गरी भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने भारतीय पक्राउ

    १६ वर्षीया बालिकालाई बलात्कार गरी भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ बर्षे बालिकालाई ललाई फकाई गरी बिभिन्न प्रलोभनमा पारी बलात्कार गरेकोअभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला फतुछापर ब्रिति टोला वडा नं.७ बथना स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिबन बस्ने बर्ष २७ को ईन्द्रजित कुमार शर्मा रहेका छन् ।



    शर्माले ति बालिकालाई डर, धाकधम्की समेत दिई जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाई उक्त भिडियो तथा फोटोहरु बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो समेत हालिदिएको भन्ने जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।



    शर्माविरुद्ध जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको पनि कास्की प्रहरीले जनाएको छ ।

    यसैबीच, कास्की प्रहरीले अबैध लागूऔषध ७ किलो ८५२ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । ९ गते साँझको समयमा पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित केही मानिसहरुले लागूऔषध कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्रउ पर्नेमा आरुघाट गाँउपालिका–२ मान्बु, गोरखा घर भई हाल जिल्ला बुद्धचोक बस्ने बर्ष २९ को लेख बहादुर गुरुङ, बिरुवा गाँउपालिका–४ स्याङ्जा स्थायी घर भई हाल मालेपाटन बस्ने बर्ष २८ को दिपेन्द्र बि।क। र पुतलीबजार नगरपालिका–१ राङभाङ, स्याङ्जा घर भई हाल मालेपाटन बस्ने बर्ष २६ को सुजन गुरुङ रहेका छन् । उनीहरुलाई लागूऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार