Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोना संक्रमित किशोरीलाई बलात्कार गर्न खोज्ने इन्जिनियर पक्राउ

    कोरोना संक्रमित किशोरीलाई बलात्कार गर्न खोज्ने इन्जिनियर पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । प्रहरीले कोरोना संक्रमित युवतीमाथि बलात्कारको प्रयास भएको भन्दै इन्जिनियरलाई पक्राउ गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा कोरोना संक्रमित किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङको लमही घर भएका शेषमणि पौडेललाई पक्राउ गरेको हो । गत जेठ १२ गते गरिएको स्वाब परीक्षणमा किशोरीमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय किशोरीमाथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको हो। पौडेल रुन्टिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन्। घर नजिकैको धारामा नुहाउन गएकी कोरोना संक्रमित किशोरीमाथि इन्जिनियर पौडेलले पानी भर्ने बहाना गरेर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।



    बलात्कार गर्ने प्रयास असफल भएपछि इन्जिनियर पौडेल भागेर गाउँपालिका कार्यलय पुगेका थिए। उता किशोरी भने घरमा गएर रोइकराई गरेपछि घटना बाहिर आएको र प्रहरीले पौडेललाई पक्राउ गरेको जनाएको छ ।



    रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले किशोरीमाथि नुहाउन गएको मौका छोपी करणी प्रयास भएको उजुरी परेको जानकारी गराउँदै इन्जिनियर पौडेल इप्रका होलेरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको बताएका छन् । इन्जिनियर पौडेलमाथि जबर्जस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार