Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ४ बर्षदेखि बुहारीमाथि बलात्कार गर्दै आएको आरोपमा ससुरा पक्राउ

    ४ बर्षदेखि बुहारीमाथि बलात्कार गर्दै आएको आरोपमा ससुरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 3.7K
    SHARES

    स्याङ्जा । विगत ४ बर्षदेखि  आफ्नै बुहारीमाथि बलात्कार गर्दै आएको आरोपमा ६० बर्षका ससुरालाई पक्राउ गरेको छ।

    ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक-पटक जवरजस्ती करणी गरेको भन्ने परिवर्तित नाम बर्ष २१ की आँधिखोला ‘ट’ ले दिएको जाहेरीको आधारमा पुष २३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पीडितका ससुरालाई पक्राउ गरेको हो।



    आरोपित ससुरालाई पुष २४ गते  स्याङ्जा जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्धामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले वताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार