Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देउवातिर ढल्किए कोइराला

    देउवातिर ढल्किए कोइराला

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ। बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो।

    पत्रकारसँगको संक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकाले त्यसको समाधान न्यायोचित ढंगले हुनुपर्ने बताए। वरिष्ठ नेता पौडेलले भने, ‘निर्वाचन समितिलाई हामीले हाम्रो कुरा राख्यौँ, जहाँसुकै समस्या आयो, डडेल्धुरादेखि ठाउँठाउँमा हेरेर न्यायपूर्ण ढंगले तपाईले न्यायोचित निर्णय गर्नुहोस्, उहाँहरुको त्यत्रो माग आएको छ, पुनर्निर्वाचित हुनुपर्छ, र न्यायोचित ढंगले त्यहाँको समस्याको समाधान गर्नुपर्छ।’



    नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए। उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी बिपरित चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए।



    महामन्त्री कोइरालाले भने, ‘डडेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ पुलिस अफिसर गए, त्यो डेमोक्रेसीका पक्षमा भएन, भन्ने कुरा राख्दा उहाँहरुले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो, अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिनँ।’

    महामन्त्री कोइरालाले उक्त अभिव्यक्तिले सभापति शेरबहादुर देउवालाई राहत मिलेको छ। यसअघि नै महामन्त्री पूर्णबहादुर खड्काले फेरि अधिवेशन गर्न नसकिने बताएका थिए। तर काँग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार