Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकैपटक ८५ जना सहसचिवको सरुवा

    अघिल्लो दिन गृह मन्त्रालय तानेर भोलीपल्टै किन बनाइयो सीडीओ ?

    अघिल्लो दिन गृह मन्त्रालय तानेर भोलीपल्टै किन बनाइयो सीडीओ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको भोलिपल्टै १६ जना प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा भएका ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई सीडीओ बनाएर पठाइएको छ ।



    जसमध्ये तिवारीलाई रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडीलाई रामेछापको सीडीओमा पठाइएको छ ।



    त्यस्तै मंगलबार नै गृहमा सरुवा भई आएका प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सीडीओमा पठाइएको छ। कर्णाली प्रदेशका सहसचिव पुन्यप्रसाद पौडेललाई गुल्मीमा पठाइएको छ।

    यसैगरी,प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सहसचिव रहेका वीरेन्द्रकुमार यादव उदयपुर र लुम्बिनी प्रदेश लोकसेवा आयोगमा रहेका सहसचिव शंकरहरि आचार्यलाई गोरखाको सीडीओ बनाएर खटाइएको छ ।

    यता लोकसेवा आयोगबाट गृहमा सरुवा भएका कृष्णप्रसाद लम्साल धादिङको सीडीओमा पुग्दा मोरङका कोशहरी निरौला, संखुवासभाका टेकनारायण पौडेल, दोलखाका बासुदेव घिमिरे, ललितपुरका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार