Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पृथ्वी राजमार्ग अवरुद्ध

    पृथ्वी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.8K
    SHARES

    चितवन । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

    गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।



    पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार