Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हत्या गरेको आरोपमा वडाध्यक्ष नै पक्राउ

    हत्या गरेको आरोपमा वडाध्यक्ष नै पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2.7K
    SHARES

    धनुषा । धनुषा प्रहरीले हत्या गरेको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ। सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिटबाट हत्या गरिएको थियो।

    उनको हत्यामा संलग्न भएको आरोपमा सोही वडाका वडाध्यक्ष ‘पथला’ भनिने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको घटनामा १० जना आरोपितमध्ये वडाध्यक्षलाई पक्राउ गरिएको हो।



    गत वैशाख १३ गते सडक विस्तारको क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो। उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो।



    त्यसको यादवको परिवारले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो।

    मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको ईलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएको थियो। ईलाका प्रहरी कार्यालय सबैलामा मुद्दा आइसकेपछि फरार आरोपितमध्ये वडाध्यक्ष आफै हाजिर भएको ईलाका प्रहरी कार्यालय सवैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार