Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रोहिंग्या शरणार्थीका प्रतिनिधिको हत्या

    रोहिंग्या शरणार्थीका प्रतिनिधिको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । रोहिंग्या शरणार्थीका शिविरमा अध्यापन गराउँदै आएका एक अन्तर्राष्ट्रिय प्रतिनिधिको हत्या भएको छ ।

    बुधबार बंगलादेशस्थित कुटुपालोङ् रोहिंग्या शरणार्थी क्याम्पमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ५० वर्षीय मोहिबुल्लाहको हत्या भएको हो।



    बंगलादेश कोक्स बजार प्रहरीका अनुसार मोहिबुल्लामाथि क्याम्मै हमला भएको थियो । हमलापछि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हो । उनको हत्याबारे कुनै पनि समुहले जिम्मा नलिएको र हत्याराको खोजी भइरहेको प्रहरीले बताएको छ।



    मोहिबुल्लाले मुस्मिलम समुदाय रोहिंग्याको अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा प्रतिनिधीको भुमिका खेल्दै आएका थिए । बंगलादेशमा हाल ११ लाख रोहिङ्ग्या बसोबास गर्दै आएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार