Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विश्वभर एकैपटक फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

    विश्वभर एकैपटक फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1K
    SHARES

    काठमाडौं। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकैपटक डाउन भएको छ ।  सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएप खुलेको छैन । मेसेन्जर पनि खुलेको छैन ।

    यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।



    डिएनएस सर्भरमा समस्या आएर सेवा बन्द भएको वताइएको छ ।  फेसबुकले  छिट्टै समस्या समाधान हुने बताए पनि समयसिमा तोकेको छैन ।



    समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार