Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • घटस्थापनादेखि पूर्णिमासम्म देशभरका अदालतहरु बन्द हुने

    घटस्थापनादेखि पूर्णिमासम्म देशभरका अदालतहरु बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दशैँको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरू बन्द हुने भएका छन् ।

    मंगलबार दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको हो ।



    सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।



    त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन उपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार