Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतको सहयोगमा निर्माण भएको कोशी कोरिडोर विद्युत प्राधिकरणलाई हस्तान्तरण

    भारतको सहयोगमा निर्माण भएको कोशी कोरिडोर विद्युत प्राधिकरणलाई हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको कोशी कोरिडोर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको हो ।

    बुधबार धनकुटा जिल्लाको हिलेमा एक समारोहमा नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारण लाइन हस्तान्तरण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।



    नेपाली रुपैयाँ १०.४ अर्ब (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको १०६ किमि लामो विद्युत प्रसारण लाइन भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत निर्माण  भएको हो।



    यसैगरी भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेरु ४.५ अर्ब (३७.३ मिलियन अमेरिकी डलर) लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

    बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने बताइएको छ।

    कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरिएको हो । समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    समारोहमा बोल्दै नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरिन्  । साथै उनले  नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् । उनले  गुणस्तरिय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई धन्यवाद दिनुभयो । साथै परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासन प्रति पनि आभार प्रकट गरिन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार