Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाफलबाट १९ जना जुवाडे लाखौं नगदसहित पक्राउ

    बाफलबाट १९ जना जुवाडे लाखौं नगदसहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रहरीले १९ जना जुवाडेलाई कौडा, तास र नगदसहित पक्राउ गरेको छ । बुधबार राती महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बाफलस्थित रेजु श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।

    प्रहरी वृतका प्रमुख डीएसपी अपिलराज बोहराका अनुसार उनीहरुलाई गोप्य सुचनाको अधारमा पक्राउ गरिएको हो।



    पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ६८ हजार नगदसहित ७ बुक तास,  ३३ थान कौडा, २८ थान बिभिन्न कम्पनीका मोबाईलहरु र विभिन्न कम्पनि तथा व्यक्तिका नाममा काटिएका चेक समेत बरामद गरिएको  डीएसपी बोहराले बताए।



    पक्राउ परेकाहरुलाई कारबाहीको लागि थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार